नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा
काठमाडौं / नयाँ दिल्ली । Hero द्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड VIDA ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ। योसँगै VIDA ले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो।
नेपाली ग्राहकहरूको बहुआयामिक जीवनशैली र आवश्यकताअनुरूप VIDA VX2 EVOOTER सिरिज तथा युवापुस्ता लक्षित VIDA DIRT.E K3 विद्युतीय अफ–रोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुनेछ।
दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको VIDA VX2 EVOOTER ले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तरका कारण विश्वप्रसिद्ध अनुसन्धान संस्था JD Power को Two-Wheeler Initial Quality Study मा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै, VIDA DIRT.E K3 ले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ–रोड राइडिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।
नेपालमा VIDA का उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन्। चौधरी ग्रुप नेपालका अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो, जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू तथा १२३ ब्रान्डहरू सञ्चालन गर्दै आएको छ।
यस ऐतिहासिक अवसरमा Hero MotoCorp अन्तर्गतको Emerging Mobility Business Unit की Chief Business Officer कौशल्या नन्दकुमार ले भन्नुभयो,
“VIDA को अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो। नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार हो, जहाँ विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पुर्याउन पाउँदा हामी उत्साहित छौं। CG Motors सँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।”
त्यसैगरी चौधरी ग्रुप का प्रबन्ध निर्देशक निर्वाण चौधरी ले भन्नुभयो,
“नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको छ। VIDA को नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौं। दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकता अनुरूप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनहरूले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन्। Hero MotoCorp सँगको हाम्रो लामो सहकार्यलाई VIDA मार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान दिन पाउँदा हामी गर्व गर्छौं।”
VIDA VX2 EVOOTER : नेपाली सडकका लागि उपयुक्त दुई विकल्प
VIDA VX2 EVOOTER दुई फरक भेरियन्ट—VX2 Plus र VX2 Go—मा उपलब्ध हुनेछ।
VX2 Plus नेपालका उकालो तथा चुनौतीपूर्ण सडकलाई ध्यानमा राखेर उत्पादन गरिएको हो। यसमा ४.४ kWh (दुईवटा २.२ kWh निकाल्न मिल्ने)ब्याट्री क्षमता रहेको छ। यसले वास्तविक अवस्थामा करिब १४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ भने अधिकतम ९० किलोमिटर प्रतिघण्टा गति हासिल गर्न सक्छ। यसले ० देखि ४० किलोमिटर प्रतिघण्टा गति केवल ३.१ सेकेन्डमा लिन सक्छ। साथै, DC Fast Charging मार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
त्यस्तै, VX2 Go मा २.२ kWh निकाल्न मिल्ने ब्याट्री रहेको छ, जसले करिब ७५ किलोमिटरसम्मको वास्तविक रेन्ज प्रदान गर्छ। यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टा गति ४.२ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा पनि ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म DC Fast Charging सुविधा उपलब्ध छ।
दुवै मोडलमा घरमै साधारण ५ एम्पियरको सकेट प्रयोग गरी निकाल्न मिल्ने ब्याट्री चार्ज गर्न सकिने सुविधा रहेको छ। साथै My VIDA App, नेभिगेसन, Geo-fencing, कल तथा एसएमएस सूचना, र Over-the-Air (OTA) अपडेट जस्ता स्मार्ट कनेक्टेड सुविधाहरू पनि उपलब्ध छन्।
VIDA DIRT.E K3 : युवापुस्ताका लागि स्मार्ट विद्युतीय अफ–रोड बाइक
VIDA DIRT.E K3 विशेषगरी किशोर तथा युवा राइडरहरूलाई लक्षित गरी उत्पादन गरिएको विद्युतीय अफ–रोड बाइक हो। यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार तीन फरक साइजमा रूपान्तरण गर्न सकिने Adaptive System रहेको छ, जसले लामो समयसम्म आरामदायी र सुरक्षित राइडिङ सुनिश्चित गर्छ।
यसमा App-based Parental Control सुविधा उपलब्ध भएकाले अभिभावकहरूले बाइकको गति नियन्त्रण गर्न, अधिकतम स्पिड निर्धारण गर्न तथा तीन फरक स्पिड मोडमध्ये आवश्यक मोड चयन गर्न सक्नेछन्। यी मोडहरूमा Mode 1 (८–९ किमि/घण्टा), Mode 2 (१७–१८ किमि/घण्टा) तथा Mode 3 (२३–२४ किमि/घण्टा) समावेश छन्।
३५० वाट मोटर तथा ३६० kWh निकाल्न मिल्ने ब्याट्रीले सुसज्जित यस बाइकले सडक अवस्था र प्रयोग मोडअनुसार ३ घण्टासम्म राइडिङ अनुभव प्रदान गर्न सक्छ। यसको ब्याट्री २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २ घण्टा लाग्छ।
उत्कृष्ट डिजाइन र नवीन प्रविधिका लागि VIDA DIRT.E K3 ले प्रतिष्ठित Red Dot Design Award 2025 तथा CES Innovation Award 2026 समेत प्राप्त गरिसकेको छ।
नेपालमा Hero MotoCorp को नयाँ अध्याय
सन् २०१४ देखि नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर सुदृढ बनाउँदै आएको Hero MotoCorp ले एक दशकभन्दा बढी समयदेखि नेपाली ग्राहकको विश्वास जित्दै आएको छ। VIDA विद्युतीय उत्पादनहरूको नेपाल प्रवेशसँगै कम्पनीले स्मार्ट, दिगो तथा भविष्यमुखी विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गरेको जनाएको छ।
* उल्लेखित रेन्ज, गति तथा चार्जिङ समय कम्पनीको आन्तरिक परीक्षणका आधारमा मापन गरिएको हो। वास्तविक प्रयोग, सडक अवस्था, मौसम तथा अन्य कारकका आधारमा यसमा फरक पर्न सक्छ।


