नेपालको पहिलो प्रत्यक्ष ग्लोबल सप्लाई एक्सेस प्लेटफर्म “gtradea.com” सञ्चालनमा
काठमाडौँ । इ-कमर्स प्लेटफर्म gtradea.com (‘Gtradea – Beyond Borders’) औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो नेपालकै पहिलो यस्तो मञ्च हो, जसले नेपाली ग्राहक तथा व्यवसायीहरूलाई विश्वभरका लाखौँ उत्पादनहरूमा प्रत्यक्ष पहुँच (Direct Global Supply Access) पुर्याउने छ।
कम्पनीले गुणस्तरीय उत्पादनहरूलाई प्रतिस्पर्धी तथा किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन खरिददारीलाई पहुँचयोग्य र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय तथा स्थानीय बजारबाट सामान मगाउँदा आइपर्ने जोखिम कम गर्न कम्पनीले सामानको बीमा (Insurance) र भुक्तानीलाई थप सरल बनाउन आफ्नै रोजाइको बैंकबाट सोझै भुक्तानी (Direct Preferred Bank Payment) गर्न सकिने व्यवस्था मिलाएको छ।
अर्डर गरिएका सामानहरू ट्रान्सफर/डेलिभरीका क्रममा सुरक्षित रहोस् भन्नका लागि सामानको बीमाको व्यवस्था गरिएको छ, जसले गर्दा ग्राहकलाई सामान हराउने वा बिग्रिने डर हुँदैन। त्यस्तै ग्राहकहरूले कुनै झन्झटविना आफ्नो रोजाइको वा आफूसँग भएको जुनसुकै बैंक खाताबाट सोझै रकम भुक्तानी गर्न सक्नेछन्।
‘Beyond Borders’ भन्ने नाराका साथ अघि बढेको यस प्लेटफर्मले नेपाली उपभोक्ताहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्दै सुरक्षित र झन्झटमुक्त डेलिभरी दिने प्रतिबद्धता व्यक्त गरेको छ।
मुख्य विशेषताहरू:
-
Endless Global Search (असीमित विश्वव्यापी खोजी): अन्तर्राष्ट्रिय बजारका लाखौँ सामग्रीहरू सजिलै खोज्न र अर्डर गर्न सकिने।
-
Worry-Free Delivery (झन्झटमुक्त डेलिभरी): सुरक्षित र व्यवस्थित तरिकाले सामान घरदैलोमा पुर्याइने।
-
Quality You Can Trust (विश्वासिलो गुणस्तर): गुणस्तरीय सामानहरूको ग्यारेन्टी।
-
Fueling Nepal’s Businesses (नेपाली व्यवसायको प्रवर्द्धन): नेपाली साना तथा ठूला व्यवसायीहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्न मद्दत पुग्ने।
gtradea.com मा उपलब्ध मुख्य सामानहरू (Categories) मुख्यतया निम्न अनुसार रहेका छन्:
-
फेसन तथा कपडाहरू (Fashion): महिला, पुरुष तथा बालबालिकाहरूका लागि विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता र फेसन एसेसोरिज।
-
खेलौनाहरू (Toys): बालबालिकाका लागि शैक्षिक तथा मनोरञ्जनात्मक खेलौनाहरू।
-
सौन्दर्य सामग्री (Beauty & Personal Care): छाला तथा कपालको हेरचाह गर्ने विभिन्न ब्युटी तथा पर्सनल केयर प्रोडक्टहरू।
-
इलेक्ट्रोनिक्स र ग्याजेटहरू (Electronics & Gadgets): दैनिक जीवन र कार्यालयका लागि उपयोगी विभिन्न प्रकारका ग्याजेट तथा इलेक्ट्रोनिक सामानहरू।
-
घरायसी सामानहरू (Home & Lifestyle): घर, भान्सा र दैनिक प्रयोजनका लागि आवश्यक विभिन्न उपभोग्य वस्तुहरू।
यस प्लेटफर्ममार्फत खरिददारी सुरु गर्न gtradea.com मा जान सकिन्छ वा थप जानकारीका लागि ९७१२००००७० (9712000070) मा सम्पर्क गर्न सकिन्छ।


