बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न
चौतारा । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा प्रधान कार्यलय रहेको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा बर पिपल रोपेर सम्पन्न गरेको छ। चैतारासाँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बरको बिरुवा र वडा अध्यक्ष उद्धब नेपालले पिपलको बिरुवा रोपेर स्थपना दिबश तथा साधरण सभाको शुभारम्भ गर्नु भएको हो ।चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहेको थान्बारेगढी जन्मत्सोव पार्क घमाने डाँडामा भएको सहकारी सस्थाले स्थापना दिवसको अवसरमा वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै वर र पिपलका बिरुवा रोपण गरी कार्यक्रमको शुभारम्भ गरेको हो।चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा १४ नं वडाका वडाका अध्यक्ष उद्धव नेपालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बार इकाई सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङ, नेपाल राष्ट्रिय वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष जनक गिरी, जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठ तथा जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद नेपाललगायतले कार्यक्रमको शुभकामना दिनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले सहकारीहरू स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले सहकारीले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन उल्लेखनीय योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो। राष्ट्रिय कलाकार पहलमान स्व लालबहादुर खातीको र पण्डीत बिद्यापती सापकोटाको सालिक समेत राखेर बनाइएको जन्मत्सोव पार्क अतिरमणीय भएको बताउँनु हुँदै यो नगरको मात्र होयन राष्टकै पहीचान दिने सम्पती भएको बताउँनु भयो । उँहाले सहकारी संस्थाहरूले उत्पादन, उत्पादकत्व र बजार व्यवस्थापनमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
विशेष अतिथि वडा अध्यक्ष उद्धव नेपालले स्थानीय स्तरमा कृषि क्षेत्रको विकासमा नेत्रज्योति कृषि सहकारीले विगत १४ वर्षदेखि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा निरन्तर काम गर्दै आएको भन्दै आगामी दिनमा पनि संस्थाले नवीन कार्यक्रमहरू अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

यसैगरी, शुभकामना मन्तव्य राख्दै जिल्ला बार इकाईका अध्यक्ष भूपेन्द्र थिङले सहकारी संस्थाहरूले कानुनी सुशासन, पारदर्शिता र जवाफदेहितालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाल राष्ट्रिय वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष जनक गिरीले कृषि र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै स्थापना दिवसमा गरिएको वृक्षारोपणले सकारात्मक सन्देश दिएको बताउनुभयो।
जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले सहकारीबीचको सहकार्यले स्थानीय स्तरमा आर्थिक गतिविधि विस्तार गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद नेपालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित सहकारीहरूलाई प्रोत्साहन गर्न राज्यले विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
साधारण सभामा संस्थाका पदाधिकारीहरूले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र योजनाहरू प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूबीच विस्तृत छलफल भएको थियो। सहभागीहरूले संस्थाको कार्यसम्पादनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै कृषि क्षेत्रसँग सम्बन्धित थप सीपमूलक तालिम, उत्पादनको बजारीकरण तथा सदस्यहरूको क्षमता विकासमा ध्यान दिन सुझाव दिएका थिए।
वि.सं. २०६९ सालमा स्थापना भएको नेत्रज्योति कृषि सहकारी संस्था स्थानीय कृषकहरूलाई संगठित गर्दै कृषि उत्पादनमा आत्मनिर्भरता, सदस्यहरूको आयस्तर वृद्धि तथा सहकारी अभियानलाई बलियो बनाउन सक्रिय रहँदै आएको छ। संस्थाले समय–समयमा कृषि प्रविधि हस्तान्तरण, चेतनामूलक कार्यक्रम तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।
स्थापना दिवसको अवसरमा गरिएको वर र पिपलको वृक्षारोपणलाई सहभागीहरूले वातावरण संरक्षण र भावी पुस्ताप्रतिको उत्तरदायित्वसँग जोड्दै प्रशंसा गरेका थिए। पछिल्लो समय जलवायु परिवर्तनका असरहरू बढिरहेका बेला यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा सहकारीका शेयर सदस्य, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहकारीको १४ वर्षे यात्रालाई स्मरण गर्दै सहभागीहरूले आगामी दिनमा संस्थाले अझ प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रदान गर्दै जिल्लामै उदाहरणीय सहकारीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको अधयक्षतामा भएको कार्यक्रममा हलगोरु पलेका कृषक रामबहादुर सार्की बाँझो जग्गामा खेती गरेका ठुलो चोकबहादुर बस्नेत , राम्चे सामुदायक बनका अध्यक्ष बलराम बस्नेतलाइ सम्मान गरिएको थियो । सस्थाका सचिब धनकुमार नेपालले स्वागत मन्तब्य राख्नु भएको थियो भने व्यवस्थापक नेत्रबहादुर बस्नेतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उपस्थित अतिथीहरुलाइ सस्थाका कोषाध्यक्ष सिता बानीया र सदस्य रेखा नेपालले स्वागत गर्नु भएको थियो ।


