Fonepointsका क्याम्पेन विजेतालाई 55-Inch Smart TV र
काठमाडौं । Fonepoints ले हालै सम्पन्न आफ्ना दुई क्याम्पेन ‘2.2 Anniversary Campaign’ र ‘Redeem 2 Goal Den Deals & Win a 55-Inch Smart TV’ का विजेताहरूलाई पुरस्कार वितरण गरेको छ। आकर्षक अफर, विशेष छुट तथा नवप्रवर्तनमूलक क्याम्पेनहरूमार्फत आफ्ना प्रयोगकर्तालाई थप मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको कम्पनीले जनाएको छ।
Fonepoints को वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘2.2 Anniversary Campaign’ अन्तर्गत झापाका श्री कृष्ण रोका ले केवल २ Fonepoints रिडिम गरी Brand New Washing Machine प्राप्त गरेका छन्। उक्त क्याम्पेनमार्फत प्रयोगकर्ताहरूलाई केवल २ Fonepoints प्रयोग गरेर विभिन्न आकर्षक अफर रिडिम गर्ने अवसर प्रदान गरिएको थियो। आफ्ना ग्राहकको निरन्तर विश्वास, साथ तथा समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै वार्षिकोत्सवलाई थप विशेष र पुरस्कारमूलक बनाउने उद्देश्यले उक्त क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, ‘Redeem 2 Goal Den Deals & Win a 55-Inch Smart TV’ क्याम्पेनका भाग्यशाली विजेता श्री राहुल मारवाडीलाई 55-Inch Smart TV हस्तान्तरण गरिएको छ। फुटबलको माहोललाई लक्षित गरी सञ्चालन गरिएको उक्त क्याम्पेन अन्तर्गत Fonepoints App मार्फत कुनै पनि दुई Goal Den Deals रिडिम गर्ने प्रत्येक प्रयोगकर्ता स्वतः Lucky Draw मा सहभागी भएका थिए, जसमध्येबाट विजेताको छनोट गरिएको थियो।
कम्पनीका अनुसार दुवै क्याम्पेनले देशभरका प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त गरेका थिए। हजारौं प्रयोगकर्ताले Fonepoints App मार्फत विभिन्न अफर रिडिम गर्दै क्याम्पेनमा सहभागिता जनाएका थिए। कम्पनीका अनुसार यी क्याम्पेनहरूको सफलताले प्रयोगकर्ताको बढ्दो सहभागिता तथा दैनिक खरिदबाट थप मूल्य प्राप्त गर्ने उद्देश्यले Fonepoints प्रतिको विश्वास र आकर्षण निरन्तर बढिरहेको संकेत गरेको छ।
पुरस्कार हस्तान्तरणका अवसरमा कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि दैनिक बचतभन्दा पर गएर थप मूल्य सिर्जना गर्ने उद्देश्यका साथ नवप्रवर्तनमूलक तथा प्रयोगकर्तामुखी क्याम्पेनहरू सञ्चालन गर्न प्रतिबद्ध रहेको जनाएको छ। नियमित Promotional Campaigns, विशेष Brand Collaborations तथा आकर्षक Giveaways मार्फत प्रत्येक Redemption लाई थप मूल्यवान् बनाउँदै प्रयोगकर्ताको समग्र अनुभवलाई अझ उत्कृष्ट बनाउने लक्ष्य कम्पनीको रहेको उल्लेख गरिएको छ।
हाल Fonepoints मार्फत Dining, Shopping, Entertainment, Travel, Lifestyle, Electronics तथा दैनिक आवश्यक सेवासम्बन्धी हजारौं आकर्षक Offers उपलब्ध छन्। प्रयोगकर्ताले आफूले संकलन गरेका Fonepoints प्रयोग गरी Exclusive Discounts, Special Deals तथा विभिन्न Reward Campaigns मा सहभागी हुने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले आगामी दिनहरूमा पनि यस्ता Campaigns तथा Reward Initiatives लाई निरन्तरता दिँदै आफ्ना प्रयोगकर्तालाई मनपर्ने Brands मा थप बचत गर्ने तथा आकर्षक पुरस्कार जित्ने अवसर उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


