याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । असार ५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा याम्बालिङ्ग हाइड्रोपावर (YHML) र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सारको १ करोड २० लाख कित्ता सूचीकृत भएको हो।
याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावर (TPKHL) ले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी कुल १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
अब यी कम्पनीहरुको शेयर आगामी सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले यी कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। याम्बालिङ्गको शेयर (YHML) टिकरमा कारोबार हुनेछ भने टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर (TPKHL) टिकरमा कारोबार हुनेछ।


