नेपालको यातायात क्षेत्रमा योगदानका लागि फोटोनलाई ‘कर्पोरेट कर्मसियल भेइकल अवार्ड २०२६’
काठमाडौँ । विश्वकै अग्रणी कमर्शियल भेहिकल ब्रान्डमध्ये एक FOTON ले नेपालको यातायात क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठित Corporate Commercial Vehicle Award 2026 प्राप्त गरेको छ।
आधुनिक प्रविधि, उच्च सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको कमर्शियल यातायात क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
होटल र्याडिसनमा आयोजित एक कार्यक्रममा MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार बराल ले उक्त अवार्ड ग्रहण गरेका हुन्। कम्पनीका अनुसार यो सम्मानले नेपाली कमर्शियल सवारी बजारमा FOTON को बढ्दो प्रभाव तथा नेपाललाई स्वच्छ, हरित र प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।
हालसम्म नेपालभर २ हजारभन्दा बढी FOTON कमर्शियल सवारीसाधन आपूर्ति भइसकेका छन्। कम्पनीका ट्रक, भ्यान तथा विद्युतीय कमर्शियल सवारीसाधनले व्यवसायिक यातायातलाई थप प्रभावकारी बनाउनुका साथै दिगो यातायात विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न समेत योगदान पुर्याइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त अवार्डले विद्युतीय मोबिलिटी प्रवर्द्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जा प्रयोगको विस्तार तथा नेपालको यातायात पूर्वाधार विकासमा अत्याधुनिक कमर्शियल सवारी प्रविधि भित्र्याउने नेतृत्वदायी भूमिकालाई सम्मान गरेको हो।

