सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो
काठमाडौं । असार २ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदी घटेको छ। यस दिन सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ । चाँदीकाे मूल्य भने यस दिन तोलामा २५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो।


