बलिउड मेलोडी किङ अभिजीत भट्टाचार्य नेपालमा लाइभ कन्सर्ट गर्दै
काठमाडौं । ९० को दशकका असंख्य चर्चित बलिउड गीतका आवाज, प्रख्यात पार्श्व गायक अभिजीत भट्टाचार्य पहिलो पटक नेपालको मञ्चमा प्रस्तुति दिन तयार भएका छन्।
‘लाइभ कन्सर्ट इन नेपाल–अभिजीत भट्टाचार्य’ आगामी २०२६ जुन २० गते, काठमाडौंको ठमेलस्थित क्लब नोभा (नेपालकै सबैभन्दा ठूलो क्लब) मा हुने भएको छ। साँझ ७ बजे प्रवेशद्वार खुल्नेछ भने लाइभ कन्सर्ट ७ः३० बजेबाट सुरु हुनेछ।
उनको कालजयी गीतहरूः मै कोहि यैसा गीत गाउँ , तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू रहेका छन्।
यस ऐतिहासिक कन्सर्टको आयोजना नेपाल सांगीतिक संघले गरेको हो भने व्यवस्थापनको जिम्मा साधना कला केन्द्रले लिएको छ। यो कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजित एक परोपकारी (च्यारिटी) कन्सर्ट हो।
भारतका ए(क्लास संगीतकारहरूको साथमा अभिजीतले आफ्ना कालजयी हिन्दी गीतका साथसाथै नेपाली श्रोताको मन छुने नेपाली गीतहरू पनि प्रस्तुत गर्नेछन् — जुन गीतहरू पुस्तौंदेखि सदाबहार बनेका छन्।
कार्यक्रमको आधिकारिक टिकेटिङ पार्टनर सिटी पे हो, र अहिले अर्ली बर्ड टिकट बिक्री सुरु भइसकेको छ। अर्ली बर्ड अफरअन्तर्गत स्ट्यान्डिङ डान्सिङ फ्लोरको टिकट २,००० रूपैयाँ र स्ट्यान्डिङ भीआईपी फ्लोरको टिकट ४,००० रूपैयाँमा उपलब्ध छ — जुन नियमित मूल्यमा सीमित समयका लागि दिइएको छुट हो।
यसका साथै भीभीआईपी, भीआईपी लगायतका टेबल प्याकेजहरू पनि उपलब्ध छन्।


