नेपालमा नयाँ पुस्ताको अनुभव सहितको विद्युतीय SUV ल्याउने तयारीमा GWM
काठमाडौँ । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित GWM (Great Wall Motors) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ।
कम्पनीले नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित नेपालमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय SUV सार्वजनिक गर्ने संकेत दिएको छ।
हालसम्म उक्त मोडलको औपचारिक घोषणा नगरिए पनि यससँग सम्बन्धित प्रारम्भिक विवरणहरूले नेपाली अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच ठूलो उत्सुकता जगाएको छ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गरेर लाखौं ग्राहकको विश्वास जितिसकेको GWM ले यो नयाँ गाडीमार्फत नेपाली बजारमा आफ्नो बलियो उपस्थिति देखाउने लक्ष्य राखेको छ।
प्राप्त जानकारीअनुसार, आगामी विद्युतीय SUV मा करिब ५२० किलोमिटरसम्मको प्रभावशाली Driving Range, Smart Digital Technology, र अत्याधुनिक सुरक्षा प्रणाली समावेश हुने अपेक्षा गरिएको छ।
यस गाडीमा १8०° Transparent Chassis View Technology, ३६०° Surround View Camera, Blind Spot Monitoring, र २० भन्दा बढी Advanced Intelligent Driver Assistance (ADAS) सुविधाहरू उपलब्ध हुनेछन्। सुरक्षित यात्राका लागि यसमा ७ वटा Airbags, पाँच-स्तरीय Battery Safety System, र उद्योगकै अग्रणी AEB तथा MEB सुरक्षा प्रविधि जडान गरिएको छ।
यसका साथै Coffee OS ३.० AI System द्वारा सञ्चालित Smart Cockpit, One-Touch Control, र Ventilation सुविधासहितको ६–तरिकाले मिलाउन मिल्ने Premium Driver Seat ले चालकलाई भविष्यको र आरामदायी यात्राको अनुभव दिलाउनेछ।
यो SUV आकर्षक डिजाइन, Premium बाह्य संरचना, र विशिष्ट Lighting Signature सहित आधुनिक सौन्दर्यशास्त्रका साथ बजारमा आउनेछ।
विशेष गरी यसको बाह्य सतहमा बहु–तह सुरक्षात्मक Coating Technology प्रयोग गरिएको चर्चा छ, जसले सानातिना Scratches हरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता प्रदान गर्दछ र गाडीको चमकलाई दीर्घकालसम्म कायम राख्छ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण र पूर्वाधारको विस्तार भइरहेका बेला, सहरदेखि राजमार्गसम्मका हरेक यात्राका लागि ४ वटा Smart Driving Modes सहित आउन लागेको GWM को यस आगामी SUV ले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमै सार्वजनिक गर्ने जनाएको छ।


