तोलामा २८ सयले घट्यो सुनको भाउ
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ८०० रुपैयाँले चाँदी तोलामा १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५०९.६४ अमेरिकी डलर र चाँदी ७५.५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


