सुन-चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
Visited 3 times, 1 visit(s) today


