‘२.२’ उत्सव सुरु: मात्र २ पोइन्टमा उपहार को वर्षा !
काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल रिवार्ड्स प्लेटफर्म Fonepoints ले आफ्नो बहुप्रतीक्षित ‘२.२ उत्सव’ सार्वजनिक गरेको छ । जेठ २ गतेदेखि सुरु हुने उक्त उत्सवलाई यस वर्षकै ठूलो र व्यापक ‘रिवार्ड फेस्टिभल’का रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘२.२ उत्सव’ अन्तर्गत खाना, लाइफस्टाइल, ट्राभल तथा मनोरञ्जनलगायत विभिन्न क्षेत्रका आकर्षक अफरहरू एकै प्लेटफर्ममार्फत उपलब्ध गराइनेछ । प्रयोगकर्ताहरूले केवल २ पोइन्ट प्रयोग गरेर विभिन्न अफर रिडिम गर्न सक्ने व्यवस्था गरिएको छ, जसले उत्सवलाई अझ सहज र पहुँचयोग्य बनाएको कम्पनीको दाबी छ ।
दैनिक डिजिटल कारोबारलाई अझ लाभदायक र ‘रिवार्डिङ’ अनुभवमा रूपान्तरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस उत्सवमा एक कप कफीदेखि लिएर विभिन्न लाइफस्टाइल उत्पादन तथा सेवासम्मका अफरहरू समावेश गरिएको जनाइएको छ । प्रयोगकर्ताको आवश्यकता र रुचिअनुसार विभिन्न ब्रान्ड तथा सेवाका विशेष अफरहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
उत्सवअन्तर्गत ‘पोइन्ट्स गेम’मार्फत प्रयोगकर्ताहरूले Better Arctic 50L रेफ्रिजेरेटर, Titan पुरुष घडी तथा Better Star इन्डक्सनजस्ता आकर्षक उपहार जित्ने अवसर पनि प्राप्त गर्नेछन् । साथै Hyundai वाशिङ मेसिनजस्ता उच्च मूल्यका सामग्री समेत केवल २ पोइन्टमै उपलब्ध हुने भएकाले प्रयोगकर्तामाझ उत्साह थपिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘२.२ उत्सव’ तीन चरणमा सञ्चालन हुनेछ । जेठ १ सम्म ‘Pre 2.2 Deals’, जेठ २ मा ‘2.2 Anniversary Deal’ तथा जेठ ३ देखि जेठ १४ सम्म ‘Post 2.2 Deals’ सञ्चालन गरिनेछ । यस अवधिमा प्रयोगकर्ताहरूले विभिन्न अफर अवलोकन, छनोट तथा सहज रूपमा रिडिम गर्न सक्नेछन् ।
उत्सवमा Shree Airlines, KFC, Filli Cafe, INI Cinemas, Ultima Lifestyle लगायतका ब्रान्डका विशेष अफर समावेश गरिएका छन् । साथै Foodmandu, Cream Bell, Downtown Pizza, Pizza Nation र Trisara जस्ता चर्चित पार्टनरहरू पनि उत्सवमा सहभागी रहेका छन् ।
प्रयोगकर्ताहरूले सबै अफरहरू Fonepoints App मार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन् । साथै eSewa र Fonepay एपबाट समेत डिलहरू हेर्न, रिडिम गर्न तथा उत्सवमा सहभागी हुन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सीमित अवधिका लागि सञ्चालन हुने यस विशेष उत्सवमा सहभागी भई समयमै आफ्ना मनपर्ने अफरहरू रिडिम गर्न कम्पनीले प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।


