नेपाली पानीको ‘ग्लोबल ब्रान्डिङ’ गरिने
काठमाडौं । सरकारले २०८७ सालसम्म देशका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पहुँचमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत खानेपानी कार्यक्रम मार्फत यो लक्ष्य हासिल गरिने घोषणा गरे ।
उक्त लक्ष्य प्राप्तिका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी खानेपानीका आयोजनाहरू सञ्चालन गरिने सरकारको योजना छ ।
नागरिकले पिउने पानीको गुणस्तर सुनिश्चित गर्न देशभरि पानी परीक्षण प्रयोगशालाहरू स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


