बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । बैशाख २४ गते बिहीबार, नेपाली बजारमा सुन र चाँदीकाे मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भएको थियो।
Visited 13 times, 1 visit(s) today


