लुम्बिनी हेरिटेजको प्रथम साधारण सभा सम्पन्न: आईपीओ निष्कासन प्रक्रिया अघि बढाइने
काठमाडौं । लुम्बिनी हेरिटेज लिमिटेडको वार्षिक साधारण सभा (AGM) २०८३ वैशाख २० गते लुम्बिनीस्थित कम्पनीको कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण सहितका वित्तीय विवरणहरू पारित गरेको छ।
सभाले कम्पनीको दीर्घकालीन रणनीतिक विकासका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णय गरेको छ। साथै, अन्तर्राष्ट्रिय होटल ब्राण्ड IHG अन्तर्गतको Crowne Plaza लाई सन् २०२७ जनवरी भित्र व्यवस्थापन हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी पनि दिइएको छ।
मुख्य निर्णयहरू:
- आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने
- सन् २०२७ भित्र IHG Crowne Plaza लाई व्यवस्थापन हस्तान्तरण गर्ने तयारी
- लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण
- प्रबन्धपत्र तथा नियमावली संशोधन
कम्पनीका अध्यक्ष सुभाष अमात्यले आईपीओमार्फत पारदर्शिता वृद्धि गर्दै दीर्घकालीन मूल्य सिर्जनामा कम्पनी केन्द्रित रहने बताए।
कम्पनीले साधारण सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार समेत व्यक्त गरेको छ ।


