क्लासिक टेकको इन्टरनेट टिभी अफर– १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्
काठमाडौं । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘एक वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ अफर सार्वजनिक गरेको छ । यस अफरमा अब ग्राहकहरूले ३०० एमबिपीएस उच्च गतिको इन्टरनेट र आइपी टिभी जडानमा ४ वर्षसम्म आइपी टिभी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउनेछन् ।
दैनिक प्रति दिनको मात्र ४० रुपैयाँको दरले यो अफर वार्षिक जडान गर्न सकिनेछ । एचडी तथा एसडी प्रेमियम टिभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका , खेलकुदसम्मका सयौं टिभी च्यानलहरू समावेश गरिएको छ । जसको मूल्य ५०० रुपैयाँ प्रति महिना पर्न आउने तर अफरमा लिँदा भने प्रति महिना मात्र २०३ रुपैयाँ रहेको छ जसले गर्दा कुल ३ वर्ष टिभी बोनसमा ग्राहकलाई ७,३२२ रुपैयाँ बराबरको फाइदा हुने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार ग्राहकको तीव्र आवश्यकतालाई मध्य नजर गर्दै १ वर्ष इन्टरनेट तथा आइपी टिभी जडानमा ३ वर्षे निःशुल्क आइपी टिभी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ । थप जानकारीका लागि क्लासिक टेकको नजिकको शाखा कार्यालय, ९७०९१८४१४७ मा फोन गर्न वा वेबसाइट लगइन गरी सम्पर्क गर्न कम्पनीको आग्रह छ ।



