नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन सम्बन्धी छलफल (Road Show) ‘रोड शो’ सफलतापूर्वक सम्पन्न
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्कासत सम्बन्धी बक बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम मिति २०८३ बैशाख ११ गते Marriott Hotel नक्साल, काठमाडौंमा सफलतापूर्वक सम्पन्नः भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल ILS Capital) द्वारा आयोजना गरिएको ‘रोड शो’ मा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो ।
‘रोड शो’ कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कन सम्बन्धी आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । प्रस्तुति तथा छलफल मार्फत नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमख कार्यकारी अधिकृत (सिइओ) अजयकमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्य सम्पादन, रणनीतिक दिशा तथा भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो ।
उक्त अन्तरक्रियाले संस्थागत लगानीकताहरुमा अस्पतालको दिगो विकास र सेवा सम्बन्धी सम्भावनाबारे स्पष्ट बझाइ दिन सफल भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक (LS Capital) लक्ष्मी सनराईज क्यापिटलले ‘रोड शो’ कार्यक्रममा मूल्याङ्कन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण, बुक-बिल्डिङ संरचना तथा नियामक प्रावधान सम्वन्धी विस्तृत जानकारी प्रस्तुत गरेको थियो। सहभागी लगानीकर्ताहरूले प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदशी, व्यावसायिक तथा विश्वास योग्य रहेको धारणा व्यक्त गरेका थिए ।
यस कार्यक्रमको सफल सम्पन्नताले नेपालको पूँजी बजारमा बुक-बिल्डिङ प्रक्रियालाई थप सुदृद्ध बनाउने दिशामा महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ । यसले पारदशी, बजार-आधारित मूल्य खोजी प्रक्रिया र सूचित संस्थागत सहभागितालाई थप प्रोत्साहन गर्ने अपेक्ष गरिएको छ ।
बक-बिल्डिङ प्रक्रियाको आगामी चरण ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको सन्दर्भमा, योग्य संस्थागत लगानीकर्ता (QII) हरूले आफूले स्खरिद गर्न चाहेको शेयर संख्या तथा प्रस्तावित अभिप्रेत मूल्य । Intent Price) शिल बन्द (Sealed) खाममा ५ कार्य दिनभित्र अर्थात् वि. सं. २०८३ साल वैशाख २१ गते ५ बजे भित्र आवश्यक कागजात सहित आशय पत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE) मा बझाउनुपर्ने व्यवस्था रहेको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको बुक-बिल्डिङ ‘रोड शो’ मा सक्रिय सहभागिता, मुल्यवान सुझाव र निरन्तर सहयोग प्रदान गर्नुहुने सबै संस्थागत लगानीकर्ताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।



