सानिमा बैंक र फिनताराबीच सम्झौता, ग्राहकहरूलाई शून्य प्रतिशत ब्याजदरमा इएमआइ सुविधा
काठमाडौँ । सानिमा बैंक लिमिटेडले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शून्य प्रतिशत ब्याजदरमा इएमआइ सुविधा सुरु गर्न फिनतारा सोलुसन्स प्रालिसँग सहकार्य गरेको छ।
यस सहकार्य अन्तर्गत बैंकका ग्राहकहरूले फिनतारासँग आबद्ध मर्चेन्ट स्टोरहरूमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा अधिकतम १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (इएमआइ) सुविधा प्राप्त गर्न सक्नेछन्।
यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल, ल्यापटप, फर्निचर, माउन्टेन बाइक तथा घरेलु उपकरण खरिदमा लागु हुनेछ।
बैंकका अनुसार यो पहलले उच्च मूल्यका सामान खरिदलाई सहज र पहुँचयोग्य बनाउने तथा ग्राहकलाई ब्याजरहित किस्ताबन्दी भुक्तानीको विकल्प प्रदान गर्ने उद्देश्य राखिएको छ।
सानिमा बैंकले डिजिटल भुक्तानी प्रयोग बढाउन विभिन्न अफर तथा छुट कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। बैंकले देशका सातै प्रदेशमा १३४ शाखा र १२७ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।



