नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्वन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता वैशाख ९ गते सम्पन्न भएको हो ।
आकर्षक बोनसदर सहित विगत ३९ वर्ष देखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी सम्पन्न भएको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधा सहित सहुलियत दरमा स्वाश्थोपचार सुविधा उपलव्ध गराउने व्यवस्था गरिएको छ ।
यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरुले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ ।



