१५ औं महाधिवेशनबाट कांग्रेस अझ बलियो: महामन्त्री पौडेल
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई बलियो बनाउनकै लागि बदलेको बताए । ‘कांग्रेसको नीति र नेतृत्व बदल्नुको उद्देश्य पार्टीलाई अझ बलियो बनाउनु हो,’ उनले भने ।
महामन्त्री पौडेलले समाज जस्तै गरी कांग्रेसलाई रुपान्तरण गर्न समेत आग्रह गरे । ‘हामीले अबको बाटो तय गरौं, समाज जस्तै कांगेसलाई रूपान्तरण गरौं,’ उनले भने ।
महामन्त्री पौडेलले यसका लागि १५ औं महाधिवेशनबाट एकता र सहमति कायम गर्नुपर्ने भन्दै त्यसबाट मात्र संगठन बलियो हुने बताए ।



