सुनको मूल्य बढ्यो, चाँदी घट्यो
काठमाडौँ । बैशाख ८ गते मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ खरिदबिक्री भइरहेको छ। साेमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ खरिदबिक्री भएको थियो।



