माउन्ट एभरेस्ट डिस्टिलरीका दुई प्रिमियम स्पिरिटहरू बजारमा
काठमाडौं । नेपाली बजारमा नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ उत्पादन सार्वजनिक गरिएको छ।
माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेड ले “Red Nature” र “Blue Nature” नामका 40UP प्रिमियम स्पिरिटहरू बजारमा ल्याउने घोषणा गरेको हो । कम्पनीका अनुसार यी उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुनेछन्।
उच्च गुणस्तरलाई प्राथमिकता दिँदै तयार गरिएको यी प्रिमियम स्पिरिटहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ।
आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण “Red Nature” र “Blue Nature” ले प्रिमियम सेग्मेन्टमा नयाँ पहिचान स्थापित गर्ने विश्वास लिइएको छ। 750ML क्षमताको बोतलको एमआरपी १ हजार २२० रुपैयाँ तोकिएको छ।
कम्पनीका प्रतिनिधिका अनुसार उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ र उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।




