प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज छलफल
काठमाडौं । प्रधानमन्त्रीको पदभार सम्हालेपछि वालेन्द्र शाहले पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्दैछन्।
आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएकाे हाे । यस बैठकलाई संघीयता कार्यान्वयन र केन्द्र–प्रदेश सम्बन्धको नयाँ कडीका रूपमा हेरिएको छ।



