तीन कम्पनीले पाए आईपीओ निष्कासन अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुधबार तीन कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । आईपीओ निष्कासनको अनुमति पाएका कम्पनीमा एभरेस्ट कलर, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स छन् ।
एभरेस्ट कलर लिमिटेडले अंकित मूल्य १ सयका दरले ७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । यो कम्पनी उत्पादन तथा प्रशोधन समूहमा रहनेछ ।
माउन्ट एभरेस्ट पावर डेभलपमेन्टले अंकित मूल्य १ सयका दरले २५ लाख ८० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको छ । जसको बिक्री प्रबन्धकमा एनआईएमबीएस क्यापिटल रहेको छ । हाइड्रोपावर समूहको यस कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुन्ड खोला हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ ।
सर्वोत्तम पेन्ट्सले अंकित मूल्य १ सयका दरले ८ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । जसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । यो कम्पनी उत्पादन तथा प्रशोधन समूहमा रहनेछ ।



