मुक्तिनाथ विकास बैंक विरेन्द्रनगर शाखा, सुर्खेत मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत खाधान्न सामग्री वितरण कार्यक्रम सम्पन्न
सुर्खेत । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न स्थानमा सामाजिक सहयोग कार्यहरु सम्पन्न गर्ने गरेको छ । बैंकले विभिन्न स्थानमा रहेका सामाजिक संस्थालाई सहयोग गर्ने क्रममा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको बादी सरोकार मञ्च नेपालमा रहेका ११० जना विधार्थीका लागि करिब रु. १ लाख बराबरको विभिन्न खाधान्न सामग्री उपलब्ध गराएको छ ।
यस कार्यक्रमले त्यहा रहेका विद्यार्थीहरुमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस बाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता लगायतका क्षेत्रहरुमा निरन्तर सकरात्मक योगदान पुराउँदै आइरहेको छ ।
आगामी दिनहरुमा समेत यस किसिमका गतिविधिहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।



