शिखर पावर डेभलपमेन्टको आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । चैत २६ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ६६ लाख कित्ता शेयर गरी कुल ९८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली शुक्रबार (चैत २७ गते) स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।
नेप्सेले कम्पनीलाई (SIPD) स्टक टिकर प्रदान गरेको छ।


