‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अfभनेत्री स्विस्तमा खड्का
काठमाडौँ । ज्ञान मसलाले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का लाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
के.एल. दुगर ग्रुप अन्तर्गत सञ्चालित ‘ज्ञान’ ब्रान्डले यस सहकार्यमार्फत नयाँ पुस्ताका उपभोक्तासँग सम्बन्ध विस्तार गर्ने तथा ब्रान्डको पहिचानलाई थप सशक्त बनाउने लक्ष्य राखेको जनाएको छ ।
सन् १९८९ मा स्थापना भएको के.एल. दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम गर्दै आएको छ । कम्पनीका अनुसार ‘ज्ञान मसला’ नेपाली भान्सामा शुद्धता र स्वादको विश्वसनीय ब्रान्डका रूपमा स्थापित भइसकेको छ ।
कम्पनीकी कार्यकारी निर्देशक भावना दुगरले स्वस्तिमा खड्कालाई ब्रान्डमा स्वागत गर्दै उनको लोकप्रियता र युवामाझ प्रभावले ब्रान्ड प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि अभिनेत्री खड्काले पनि ‘ज्ञान मसला’ सँग जोडिन पाउँदा खुशी व्यक्त गर्दै यसको गुणस्तर र विश्वासलाई अझ व्यापक रूपमा उपभोक्तासम्म पुर्याउने प्रतिबद्धता जनाइन् ।
कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै नयाँ–नयाँ मसला उत्पादन बजारमा ल्याइरहेको जनाएको छ। हाल ‘ज्ञान मसला’ १४ भन्दा बढी प्रकारमा उपलब्ध रहेको छ ।
देशव्यापी वितरण सञ्जालमार्फत कम्पनीले आफ्ना उत्पादनहरू सहज रूपमा उपलब्ध गराउँदै आएको र प्रत्येक नेपाली भान्सामा ‘ज्ञान मसला’ को पहुँच विस्तार गर्ने लक्ष्य राखिएको जनाएको छ ।



