शुक्रबार शेयर कारोबार खोल्ने नेप्से सञ्चालक समितिको निर्णय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार बजार खुला गर्ने निर्णय लिएको हो ।
हिजो बसेको नेप्से सञ्चालक समितिको बैठकले साताको पाँच दिन कारोबार गर्ने सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । अबदेखि आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ ।




