जेन्जी २.०द्वारा सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नआग्रह
काठमाडौँ । नेपालमा हाल पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर रु.२०२ पुगेको छ। यस उच्च मूल्यको अवस्था नागरिक र व्यवसाय दुवैका लागि भारिलो भएको भन्दै, जेन्जी २.०क प्रबक्ता अविन लिम्बुले सरकार लाई मूल्य समायोजनको आग्रह गरेका छन।
नेपालमा पेट्रोलको मूल्य र भारतको मूल्य तुलना गर्दा ठूलो अन्तर देखिन्छ। नेपालमा प्रति लिटर पेट्रोलको मूल्य लगभग दोब्बर पुगेको छ।
विशेषज्ञहरू भन्छन्, नेपालले भारतको retail मूल्यमा किन्दैन, bulk import price र उच्च कर संरचनाका कारण मूल्य बढेको हो। साथै, डॉलर/रुपैयाँ दरको अस्थिरता र ढुवानी लागतले पनि मूल्यमा थप प्रभाव पारेको छ।
यस परिस्थितिमा, नागरिकको जीवनस्तर र व्यवसायमा सहजता सुनिश्चित गर्न, लिम्बुले सरकारलाइ निम्न कदम चाल्न अनुरोध गरेका छन:
मूल्य समायोजन गरि नेपाल आयल निगम मार्फत राहत पुर्याउने।
आवश्यक परे VAT वा Excise मा अस्थायी छुट/adjustment गर्नु।
Price stabilization mechanism तयार पारेर अन्तर्राष्ट्रिय मूल्य अस्थिरतासँग लचकपूर्ण गर्नु।
विशेषज्ञहरूका अनुसार उचित मूल्य समायोजनले आर्थिक गतिविधि स्थिर राख्ने र नागरिक र व्यवसाय दुवैको जीवनस्तरमा राहत पुर्याउनेमा जेन्जी २.० का प्रबक्ता लिम्बुले बताएका छन।



