सुनचाँदी दुवैको मूल्य स्थिर
काठमाडौं । चैत २२ गते, आईतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ। यसदिन सुन गत बिहीबार कायम मूल्य र चाँदी शुक्रबारको बजारमा तय भएको मूल्यलाई नै आधार मानेर खरिद बिक्री भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य पछिल्ला दुई दिनदेखि स्थिर रहेको छ । त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।



