फोहोर सफा गर्न खोज्दा शेयर बजारमा पहिरो
रिसव गौतम
निर्वाचान हुने सुनिश्चित भएर काठमाण्डौ महानगरपालिकाका पुर्ब मेयर बालेन्द्र शाह रास्वपामा प्रवेश गरेपछि शेयर बजार एक्कासी ४७.५५ अंकले बढेको थियो । त्यसअघि त्यहि पुष महिना र अघिल्ला महिनाहरुमा पनि शेयर बजार करिव निदाएको थियो । लगानीकर्ता निराश थिए । रास्वपामा बालेन्द्रको मिलनपछि उत्साहित बजार चुनाब नजिकिदै गर्दा बढदै गइरहेको थियो । फागुन २१ गतेको निर्वाचनमा नयाँ भनिएको र ‘जान्नेलाई छान्ने’ नारा सहित घण्टी चिन्ह लिएर निर्वाचनमा होमिएको दल रास्वपाले करिव दुई तिहाइ ( १८२ सीट ) बहुमत ल्यायो । निर्वाचनपछि खुलेको बजारले त झन् भावी प्रधानमन्त्री बालेन्द्र शाहलाई अघि सारेको रास्वपाको जितलाई एकैदिन ३ हल्ट हानेर स्वागत गर्यो । बजार एकैदीन ६ प्रतिशत अर्थात १६२ अंकले बढयो । त्यसपछि थोरै करेक्सन हुदै बढ्ने क्रममै रहेको शेयर बजार बालेन्द्र नेतृत्वको सरकार बनेपछि भने निरन्तर घटिरहेको छ । १३ गते नयाँ सरकार बनेपछिको ४ कारोबार दिनमा भने बजार १७४ अंकले घटिसकेको छ र लगानीकर्ता निराश छन् । दुई तिहाइ बहुमत प्राप्त सरकार बनेपछि बजार घट्नु दुई वटा कारण महत्वपुर्ण देखिन्छन् ।
पहिलो कारण सरकार गठन भएकै दिन मन्त्रीपरिषद्बाट पास भएको सरकारको १०० कार्यसुची हो । जहाँ ०४७ सालयताका उच्चपदस्थ कर्मचारी, सासंद, मन्त्री तथा प्रधानमन्त्रीको सम्पति आयोग बनाएर छानबीन गरिने कुरा आएको छ । सम्पति शुद्धिदकरणको कुरा ब्यापक कार्यान्वयनमा लैजाने कुरा आएको छ ।
त्यसलगत्तै जुनै सरकार आएपनि त्यसलाई प्रभावमा राखेर विचौलिया धन्दा चलाएर अकुत आर्जन गर्दै आएको आरोपमा दिपक भटट् र अग्रवाल थरका उनका साझेदारहरुका वित्तिय अपराधको अनुसन्धान सुरु भएका छन् । त्यसैगरी ब्यवसायी तथा पुर्बमन्त्री दिपक खड्का पनि सम्पति शुद्धिकरण अनुसन्धानका लागि यसबीच पक्राउ परे ।
तीसँगै धेरै शेयर बजारसँग जोडिएका कतिपय अरु ब्यापारीहरु पनि तानिने ब्यापक हल्लाहरु भए । खासगरी दिपक भट्ट र तिनका साझेदारहरुका रकम शेयर बजारका कतिपय कम्पनीहरुमा भएको पाइएकाले पनि बजार तीव्र घटेको हो । नेपाल जस्तो वित्तिय अपराध, अनियमितता र भ्रष्टाचारको दुश्चक्रमा परेको देशमा दिपक भट्टहरु अरु धेरै होलान् । त्यस्ता अपराधको माध्यमबाट आर्जित धन सेतो बनाउने थलो शेयर बजार पनि बन्ने गरेको अनुमान धेरैका छन् ।
त्यस्तो परिस्थीतिबाट गुज्रदै आएको विचौलियाहरुले नै चलाएको देशमा सरकारले पहिलो दिनदेखि नै त्यस्ताहरु खोज्न थालेपछि बजार घट्ने नै भयो । सकारण यो बजार त्यस्तै विचौलियाहरुले आत्तिएर शेयर घटाएर भएपनि बेच्न थालेपछि घटेको हो । तर बजारका असल एवं व्यवसायिक लगानीकर्ताहरु आत्तिनु पर्ने छैन । बालेन्द्र सरकारले वास्तम्बमा वित्तिय अपराधमा संग्लनहरुलाई सुरुदेखि नै कार्वाही गर्न थालेको हो । त्यो अत्यन्त्र सह्रायिन काम हो । अझ सकिन्छ भने हरेक नेपालीको आम्दानीको अडिट हुनुपर्छ र देशलाई संग्लो पानी झै वित्तिय रुपमा सफा बनाउन जरुरी छ । त्यसकारण अहिलेको घटाइ वित्तिय बजारको फोहोर कुडार सफा गर्न खोज्दाको परिणाम हो । शेयर बजारमा सबै त्यस्ताहरु छैनन । त्यस्ताहरु भनेको सिमित छन् । ६३ लाख मानिस बजारसँग जोडिएका छन् । धेरैले आफनो खाइ नखाइ गरेर जोगाएका पैसा शेयरमा हालेर आर्थिक स्तर बढाउन खोजेका छन् । सानो सानो जागिर देखि मकै पोलेर, चिया बेचेर आर्जन गर्नेहरु पनि शेयर बजारमा छन् ।
फोहोर सफा गर्ने पर्ने थियो । देशलाई सम्पति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन पनि वित्तिय अपराधमाथी कार्वाही जरुरी थियो । त्यो सुरु भएको छ । धेरै व्यवसायिहरु पनि सम्पति शुद्धिकरणको छानबीनको दायरामा आउने डरले पनि बजार घटेको हो ।
बालेन सरकारले त्यसको थालनी डे वान देखि गरेको छ । हामीले के बुझनु पर्छ भने हाम्रा घरहरु जति नै नयाँ, भब्य वा आर्कषक भएपनि फोहोर एवं दुगन्धीत भयो भने त्यहाँ बस्न सकिदैन । तर घर परम्रागत भएपनि वा पुराना भएपनि सफा एवं चिटिक्क भयो भने बस्न लगायक हुन्छ र बस्न सकिन्छ पनि । त्यसकारण आर्थिक अपराध, अपचलन, ठगी, बेइमानी र भष्ट्राचारहरुको सफाई जरुरी छ । त्यसमाथी कार्वाही भएन भने त्यसले शेयर बजार मात्र होइन समाजलाई नै निकम्मा बनाइदिन्छ । त्यसकारण ती कदम ढिलो चाँडो उठाउनु नै थियो । बालेन सरकारले शपथ खाएको पहिलो दिनबाटै सुरु गरेको छ । त्यो अत्यन्त राम्रो हो । तर यस्ता कदमहरु भेदभाव रहित ढंगले र पुर्णता पाउने गरी सतत् अघि बढाउनु पर्छ । र, त्यसलाई निष्कर्षमै पुराउनु पर्छ । कतै अपलपत्र पार्नु हुदैन ।
माफिया र विचौलियाहरुको खोजी र तिनका वित्तिय अपराधमाथी अंकुश नलगाई शेयर बजारको दिगो भविश्य पनि हुदैन । त्यसकारण साना तथा ब्यवसायिक लगानीकर्ताहरुले आत्तिएर शेयर बेच्न जरुरी छैन । बरु शेयर किन्ने बेला छ अहिले । किनकी सरकारले राम्रो संकेत देखाएको छ । १०० कार्यसुचीमा अर्थतन्त्र सुधारका धेरै कुरा आएका छन् । नीजि ब्यवसायिक संस्थाहरु लगानीका लागि हौसिएका छन् । विदेशमा रहेकाहरु पनि अलिकति राम्रो भए सम्पत्ति यतै ल्याएर केही गर्नगरी सरकारको कार्यसम्पादन हेरिरहेका छन् । सरकारले अनावश्यक संघ सस्था तथा खर्च कटौति गरेर डुबेका संस्थानहरु चलाउने, विकास निर्माणमा स्रोत जुटाउने जुक्त्तिहरु निकालिरहेको देखिन्छ । खासगरि ती काममा अन्र्तराष्ट्रिय रुपमा ख्याती कमाएका अर्थबीद अर्थमन्त्री डा स्वर्णिम वाग्ले लागिरहेका देखिन्छन् । त्यसकारण लगानीकर्ताहरु आत्तिने हैन, बरु आशावादी हुने समय छ् ।
अर्को, बजार अहिले घटनुको दोश्रो कारण रास्वपाले वाचापत्रमै करार गरेका गौरीवहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्नुले हो । नयाँ सरकारले जेनजी आन्दोलनको जगमा भएको निर्वाचनबाट अनुमोदित भएपछि त्यो प्रतिवेदन कार्यान्वयनमा लैजानु नौलो कुरा होइन् । सो निर्णयपछि नयाँ गृहमन्त्री तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ रकेट गतिमा प्रतिवेदन कार्यान्वयन गर्न लागे । आन्दोलनमा लाप्रवाही गरेर हिंसा भएको भन्दै ज्यान मुद्धामा अनुसन्धानका लागि पुर्बप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि ओली र सो बेलाका गृहमन्त्री रमेश लेखकलाई सरकारले गिरफतार गर्यो । ओलीको गिरफतारीसँगै एमालेले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्यो । त्यसले पनि बजारमा अन्यौल र त्रासदी बढ्यो र बजार घट्ने कारण बन्यो । तर एमाले काँङगे्रस जस्ता जिम्मेवार पार्टीले कानुनलाई सघाएर आन्दोलनका गतिविधिहरु राक्नु पर्छ र विषय त्यतै गएको पनि छ ।
उल्लेखित दुबै घट्नाक्रम शेयर बजारमा पहिरो गएको हो । तर त्यो दिगो हुदैन । केहि दिन, हप्ता वा महिनामा विगतका धेरै फोहोरहरु सरकारले सर्फा गर्नेछ । त्यसपछि शेयर बजारले रकेट गति लिनेमा दुइमत छैन ।
किनकी, एकातिर दुईतिहाई बहुमतसिद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकार बनेको छ । १५ मन्त्रालयमा ४० बर्ष मुनीकै ९ मन्त्रीहरु सहभागी बालेन नेतृत्वको सरकारमा पढेलेखेका जोशिला युवाहरुको बाहुल्यता छ । त्यसकारण पनि शेयर बजारलाई एक किसिमको आशा छ । नयाँ भनिएका र धेरैजसो पढेलेखेका युवाहरु आइरहँदा बजारले आश गरेको छ । आर्थिक रुपमा देशले परिवर्तन पाउने जनतामा आशा छ ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्




