कामना सेवा विकास बैक र Chitwan Grand Regency Resort बीच सम्झौता
काठमाडौं । कामना सेवाविकास बैंकले चितवन,भरतपुर स्थितचितवन ग्रान्ड रिजेन्सी रिसोर्ट(CGR Resort) सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंककातर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन् ।




