ग्लोबल मनि वीक २०२६ को अवसरमा आरविवि मर्चेन्टद्धारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना
काठमाडाैं । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि गर्नका लागि नेपाल धितोपत्र बोर्डले बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्देै वित्तीय ज्ञान, सिप र मनोवृतिको विकास गर्ने उद्देश्यले “स्मार्ट मनि टक” भन्ने नाराका साथ ग्लोबल मनि वीक २०२६ चैत्र २ गते देखि ८ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईदैछ ।
यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८२ साल चैत्र ८ गते नवोदित कलेज, शामाखुसी, काठमाडौंमा मा प्लस टु तथा स्नातक तहमा अध्यनरत विद्यार्थीहरु तथा प्राध्यापकहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको । उक्त सचेतनामूलक कार्यक्रममा कलेजका प्राध्यापक लगायत अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल, सहायक प्रबन्धक सृजना बास्कोटा र बरिष्ठ अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ सिर्जना बास्कोटा तथा राम नारायण तिवारीले दिएका थिए ।
ग्लोबल मनि वीकको अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित भएका भन्ने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत् लगानीमा स्थापित संस्था हो ।




