ग्लोबल मनी विक २०२६ का अवसरमा समृद्धि फाइनान्सद्वारा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा ‘स्मार्ट मनि टक’ नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ। वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको छ।
वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, फाइनान्सको खरेन्द्रपुर शाखाले चैत ८ गते नेपाल राष्ट्र बैंक खरेन्द्रपुर द्वारा आयोजित र्यालीमा सहभागिता जनाएको छ। यस अवसरमा वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो।
चैत ६ गते पुतलीसडक शाखाले नेसनअल युनाईटेड स्कूलका कक्षा ७ ८ र ९ का ७० विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण प्रदान गर्यो।
त्यसैगरी, चैत ८ गते पोखरा शाखाले कन्या क्याम्पस ११ ,१२ र स्नातकका १५१ विद्यार्थीलाई शाखाका कर्मचारी हरुद्वारा विद्यालयमा उपस्थित भई वित्तीय वित्तीय साक्षरता प्रशिक्षण दिइयो।

फाइनान्सको गैर शाखाले श्री बाल गोविन्द जनता माद्यामिक स्कूलका, गैरका २५ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दियो, बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना र व्यवस्थापनबारे प्रशिक्षण गर्यो, र मधुबन शाखाले श्री जनता बोर्डिङ स्कुलका ३८ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्यो।
त्यस्तै, जनकपुर शाखाले मोडेल मल्तिपल कलेजका कक्षा १२ का विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गर्यो। औऱही शाखाले द सनराइज बोर्डिङ स्कूलका ४ण् विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सम्पन्न गर्यो।
समृद्धि फाइनान्सले वित्तीय सचेतना वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। वित्तीय ज्ञान र सचेतनाले मात्र भविष्यलाई सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश दिंदै, संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।




