ग्लोबल मनि विकको अवसरमा प्रभु बैंक कमलादीद्वारा प्रभातफेरी कार्यक्रम आयोजना
काठमाडौं। प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनि टल्क’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्र्तगत प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ६ चैत (शुक्रबार) विशेष कार्यक्रम आयोजना गर्दै बैंकले ग्लोबल मनि विक मनाएको हो ।
उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त र्याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।

उक्त कार्यक्रममा स्मार्ट मनि टल्कको मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।
प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।




