खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना
काठमाडौँ । खोटाङकाे केपीलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।
शव लिएर गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको हाे । ‘शव ओरालेर फर्किने क्रममा दुर्घटना भएको हो, कुनै मानवीय क्षति भएको छैन,’ उनले भनिन्।
एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ ।
Visited 3 times, 1 visit(s) today


