सुन र चाँदी दुवैको मूल्य घट्यो
काठमाडौं । फागुन २९ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार ८०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




