पकाउने ग्यास आधा सिलिन्डर वितरण गर्ने निर्णय
काठमाडौं । पकाउने ग्यास आधा सिलिन्डर वितरण गर्ने निर्णय भएको छ । नेपाल आयल निगमको बोर्ड बैठकले आधार मात्रै सिलिण्डर बिक्री गर्ने निर्णय गरेको हो ।
नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो ।
उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो ।
पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ ।
अहिले भारतमै ग्यास अभाव देखिएको छ । भारतले पनि १५ दिनमा मात्रै एक सिलिण्डर बिक्री गर्न भनेको छ । नेपालमा यस अघि पनि आधार सिलिण्डर ग्यस बिक्रि गरेको अनुभव छ ।




