सेबोनको निर्देशन नमान्ने तीन ब्रोकर कम्पनीलाई जरिवाना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन ब्रोकर कम्पनीलाई मनी लाउन्डरिङ्ग नियम उल्लंघन गरेको भन्दै जरिवाना तिराएको छ।
कम्पनीहरूमा काठमाडौंको ज्ञानेश्वरस्थित सिप्ला सेक्यूरिटिज लिमिटेड, डिल्लीबजारस्थित श्री कृष्ण सेक्यूरिटिज लिमिटेड र नक्सालस्थित हातेमालो फाइनान्सियल सर्भिसेज प्रा.लि. रहेका छन्।
सेबोनले सिप्ला सेक्यूरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने बाँकी दुई कम्पनीलाई ३०–३० लाख रुपैयाँ जरिवाना गरेको छ।
कारवाही मनी लाउन्डरिङ्ग निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) खण्ड (ख) अनुसार गरिएको हो।



