अर्थमन्त्रीमा स्वर्णिमको प्रतिक्षा: अर्थतन्त्रमा बज्ला सम्बृद्धिको घण्टी?
रिसव गौतम
निर्वाचनको प्रचार प्रशारको दौरानमा अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई साक्षी राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले ‘डाक्टर साब नयाँ बजेटको खाका कोर्न सुरु गर्नुस‘् भनेको कुरा जनजनमा गुन्जियो । त्यसैले त होला तनहुँका मतदाताले वाग्लेलाई यसटक पनि भारी मतले जिताए । आफनै निर्वाचन क्षेत्रका उमेदवार अर्थमन्त्री बन्नेछन् भन्ने भएपछि मतदाताले नजिताउन पनि कसरी ?
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रिय युवा एवं काठमाण्डौ महानगरपालिकाका पुर्वमेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याएपछि सिंगै देश घण्टीमय भयो । अर्थात नयाँ गर्छौं भन्ने पात्रहरुसँग देशले धेरै आश गर्यो । त्यसकारण देशभर घण्टी बज्यो ।
बालेन र स्वर्णिम मात्र होइन् देशभर घण्टी बज्नुमा रवीले पुराना दलहरुबाट पाएको सास्ती पनि अर्को कारण हो । भए नभएका मुद्धा मामिलाको उल्झनमा अड्काएर भर्खरै जन्मिएको पार्टीलाई अघि बढ्न नदिने पुरानाहरुको अभिष्ट कालान्तारमा असफल भयो । अर्को, रवीसँग अन्याय, अत्याचार, गरिवी, रोग, भोक र पिडाहरु संगालेर निक्षरो जिवन बाँचेकाहरुको ठुलो आशा देखिन्छ । फलत देशभर बण्टी बज्यो । मतदाताहरुले मुलत यिनै र यस्तै पात्र हेरेर भोट हाले । उसका देश भरका उमेदवारले जित निकाल्न सफल भए । र, उनीहरु प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगे ।
अब जुन हिसावले निर्वाचन पुर्ब राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थमन्त्री र प्रधानमन्त्री फलानो फलानो हुनेछन् भनेर प्रचार गरियो । त्यही हिसावमा मन्त्रीमण्डल बनोस् भनेर धेरैले चाहेका छन् । अझ देश विकासको महत्वुर्ण बागडोर सम्हाल्ने अर्थमन्त्रीमा प्रचार गरिए जस्तै स्वर्णिम वाग्लेको प्रतिक्षा अर्थतन्त्र र शेयर बजारले गरेको छ ।
सिंगै देशको बजेट बनाउने जिम्मेवारी रहने अर्थ मन्त्रालयमा यसपटक अन्र्तराष्ट्रिय स्तरमा परिचित अर्थशास्त्री तथा रास्वपा नेता स्वर्णिम वाग्ले पुग्दैछन् । विश्वविख्यात भनिएका युर्निभर्सिटीहरुमा पढेका, विश्व बैंक तथा युएनडिपी जस्ता अन्र्तराष्ट्रिय संस्थाहरुमा सल्लाकारको रुपमा काम गरेका वाग्लेलाई पनि काम देखाउने मौका छ । सायद आफै अर्थमन्त्री हुने दिनहरुको प्रतिक्षामा विगतका सरकारहरुलाई उनले खासै गम्भिर सल्लाह दिएनन् । आफैले ठाउँमा पुगेपछि काम गर्नुपर्छ भनेर पनि होला विगतका सरकारहरुलाई आफनो विज्ञताको पोको फुकाएनन् । साह्रै बाठा स्वभावका वाग्ले धेरैजसो अन्र्तराष्ट्रिय अर्थतन्त्र र गतिविधिमा रुची राख्छन् । उनलाई खुद्रा मसिना विषयमा रुची नै छैन भन्दा पनि हुन्छ । खासगरी नेपाली मिडियाहरुमा पनि उनले अन्र्तवाता बाहेक आर्टिकल लेखेनन् । बरु विदेशी मिडियाहरुमा उनको रुची देखिन्छ र तिनैका सन्र्दभहरु कोट्याएका देखिन्छन् । जे होस् उनलाई सामाजिक सञ्जालमा पछ्याउँदा विदेशका विभिन्न फोरमहरुमा नेपालको पक्षमा बोलेका छन् । गम्भिर बौद्धिक बहसहरु गरेका छन् । कतिपय देशहरुको अर्थतन्त्र सुधार गर्न गम्भिर सल्लाह, सुझाव र प्रतिवेदन नै उनले लेखिदिएका छन् । उनलाई नेपालले भन्दा बढी विदेशी विद्धवानहरुले चिन्दछन् । अर्थतन्त्रका यत्तिको ज्ञाता मान्छे नेपालमा अर्थमन्त्री बन्दैछन् । सायद अब उनले आफनो ज्ञान र विज्ञताको पोको फुकाउनेछन् र सलक्र्क नेपाली अर्थतन्त्रको काँचुली फेरिने हिसावको बजेट तथा नीति कार्यक्रम ल्याउनेछन् । अहिलेलाई त्यही आशा गरौं । किनकी वाग्लेले दुनियाँको विकास देखेका छन् । त्यहाँ लागु भएका नीति र कार्यक्रम केलाएका छन् । दुनियाँलाई सुझाव दिएका छन् । अब उनले नेपालको विकास र सम्बृद्धिको चित्र कसरी कोर्नेछन् त्यो हेर्दै जाउला । तर उनलाई रास्वपाले जसरी चुनाब अघि अर्थमन्त्रीको पोश्चर बनाएको थियो । अब दुई तिहाई बहुमत सहित सरकारको नेतृत्व गर्ने रास्वपाले उनलाई अर्थमन्त्रीको रुपमा उभ्याउनै पर्छ । किनकी धेरै लामो समय देखि नेपालको अर्थतन्त्र, शेयर बजार आदीले समकालिन विश्व ब्यवस्था र आधुनिक विकास बुझेको विज्ञ अर्थमन्त्री खोजेको थियो ।
खासगरी नेपाल भुगोलका हिसावले ४० नम्बरको मध्यम स्तरको देशको हो । ३ करोड जनसंख्या भएको विकाशील देशमा उक्लदै गरेको राष्ट्र हो । प्राकृतिक सम्पदा र सँस्कृतिले सम्पन्न देश भएकोले यहाँ मुलत उर्जा र पर्यटन क्षेत्र सम्बृद्धिका मुल कडी हुन् । हिमाल, पहाड र तराइको अनुपम संयोजन रहेको यस देश प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । कृषि उत्पादन र जडिवुटीको भण्डार रहेको नेपाल विशाल चीन र भारतको बीचमा अवस्थीत छ । त्यसकारण हामीले तरिका जान्ने हो भने हामी हाम्रा वस्तु, सेवाको बजारको दृष्टिकोणले पनि ठुलो बजारको समिप्यमा छौ । बाटो, घाटो, विजुली, खानेपानी, विद्यालय र स्वास्थ्य चौकी जस्ता आधारभुत पुर्वाधारहरुमा समेत देशले निकै प्रगती गरिसकेको अवस्था छ । देशका हरेक सदरमुकाम पीच सडकले जोडिइसकेका छन् ।
गाउँगाउँ, दुरदराजसम्म पक्की सडकहरु पुगिसकेका छन् । समकालिन नेपालको सबैभन्दा खड्किएको विषय भनेको रोजगारी र उद्यमशीलताको विकास हो । पर्यटनको यथोचित प्रर्बद्धन गर्नुपर्ने विषय हो । विश्वमा अग्ला हिमालहरुमध्ये सगरमाथा सहित १८ अग्ला हिमाल नेपालमै अवस्थीत छन् । हिमाल र हिमाली बसोबास, सँस्कार, सँस्कृति हेर्न नेपाल बाहेक विश्वमा अर्को विकल्प छैन । अग्ला गगनचुम्बी महाभारत पर्वतहरु हेर्न र त्यहाँ पाइने अनेकन प्रजातीका फुल, जनावर हेर्न नेपाल बाहेक अर्को विकल्प छैन । त्यसकारण सुन्दर नेपालको निकै सुन्दर चित्र कोर्ने बेला आएको छ । नेपाललाई मौलिक हिसावको विकास र सम्बृद्धिको उचाइ भर्ने बेला आएको छ । त्यसको ड्राइभर सिटमा स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको रुपमा देशले हेर्न चाहेको छ । हाम्रो देशलाई कृत्रिम रुपमा विकसित भनिएका देशहरु जस्तो होइन् रोजगारी र उद्यमले सम्पन्न मौलिक विकासले हराभरा बनाउन जरुरी छ । हामीले आइफल टावर अथवा बु्रर्ज खलिफा होइन् साँस्कृतिक रुपले सम्पन्न बस्तीहरु बनाउनु छ । किनकी आइफल टावरहरु हाम्रा सगरमाथाका फेदी बराबर पनि होइनन् । ती कुनैपनि कारण ढल्न सक्छन् तर हाम्रो प्रकृतिका देब सगरमाथाहरु कहिल्यै ढल्नेछैनन् ।
नयाँ सरकारलाई सुझाव
अब बन्ने सरकारले खासगरी शिक्षा, स्वास्थ्य र रोजगारी अनि ग्रामिण क्षेत्रका आवश्यक पुर्बाधार निर्माणमा जोड दिनुपर्छ । त्यस आलवा २६ वटा जो राष्ट्रिय गौरवका निर्माणाधिन आयोजना छन् ती समयमै सक्नेगरी लाग्नु पर्छ । लगानीका प्लेट फर्महरु शेयर बजार, कम्पनी दर्ता तथा सञ्चालनका सरकारी झन्झट, कर्मचारीहरुको ढिलासुस्ती तथा जनताका स–सना कामहरुमा हुने झन्झटिला प्रावधान शिघ्र रुपमा हटाउनु पर्छ । नीजि क्षेत्र तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीति लिइनु पर्छ । नीतिगत रुपमा अत्यन्त सुन्दर व्यवसायिक वातावरण बनाइनु पर्छ । त्यसैगरी सरकारले २१ प्रतिशत जो गरिवी छ, त्यसलाई ५ बर्षमै शुन्यमा झार्ने लक्ष्य सहित काम गर्नुपर्छ । प्रगतिशिल कर मार्फत धनी र गरिवको खाडल हटाउने र नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्ने गरी काम गर्नुपर्छ । भावी अर्थमन्त्रीले आफ्नो विगतका पहुँच, अनुभवका आधारमा विदेशी लगानी भित्राउन जोड दिनुपर्छ । ५ बर्ष स्थीर सरकार र व्यवसायमैत्री वातावरण खडा गर्ने हो भने पक्कै पनि देशमा सम्बृद्धिका बहार भित्रने छ । त्यसका लागि अर्थमन्त्रीमा रास्वपाका उपसभापति तथा वरिष्ठ अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई धेरैले हेर्न चाहेका छन् । विश्व अर्थतन्त्र बुझेका उनले अर्थतन्त्रबारे ठुलठुला प्रवचन दिए अनुसार कत्तिको काम गर्न सक्छन् । नेपाली अर्थतन्त्र कत्तिको बुझेका छन् जनताले अब हेर्नेछन् ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्




