१ लाख घरधुरीमा जोडियो वाई-फाई नेपालको इन्टरनेट
काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई-फाई नेपाल’ ले १ लाख परिवारलाई जाेड्दै छाेटाे समयमै ठूलाे सफलता प्राप्त गरेकाे छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएकाे तीन वर्षकाे अवधिमा नै आफूलाई सस्ताे र भरपर्दाे इन्टरनेट सेवा प्रदायककाे रूपमा स्थापित गर्न सफल भएकाे हाे।
नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाई-फाई नेपाल देशभर १०० भन्दा बढी शहरहरूमा विस्तार भईसकेकाे छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयहरू मार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेकाे छ।
२०२६ मा तीन वर्ष पुरा गरेकाे यस वाई-फाई नेपालले देशभर ५०० भन्दा धेरै कर्मचारीहरू मार्फत आफ्नाे विस्तारित सेवालाई अझ प्रभावकारी बनाईरहेकाे छ।
वाई-फाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायककाे रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ काे रूपमा चिनाउँदै आएकाे छ र सहजरुपमा इन्टरनेट उपभाेग गर्न कठिन परिवारहरूलाई सेवाकाे केन्द्रमा राखेकाे छ। सस्ताे तथा सुलभ दरमा भरपर्दाे इन्टरनेट सेवा उपलब्ध गराउँदै वाई-फाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्याेगी/व्यवसायी तथा विद्यार्थीहरूकाे विश्वास जित्न सफल भएकाे छ।
छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो।२०२५ मा वाई-फाई नेपाल आफ्नाे बलियाे उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायककाे सूचीमा पर्न सफल भएकाे थियाे।
१ लाख ग्राहक जाेडिनुले ग्राहकहरूकाे वाई-फाई नेपाल प्रतिकाे माया र विश्वास दर्शाउँछ। प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भन्नुभयाे “ग्राहक महानुभावहरूले वाई-फाई नेपाल प्रति देखाउनुभएकाे माया र विश्वासका लागि हामी कृतज्ञ छाैं। याे सफलताले हामीलाई हाम्राे सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हाैसला प्रदान गरेकाे छ।”
संक्षेपमा वाई-फाई नेपालले देशभर अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर कम गर्ने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।




