नुवाकोट–१ मा रास्वपाका विक्रम तिमिल्सिना निर्वाचित, प्रकाशशरण महत पराजित
काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना निर्वाचित भएका छन्।
आइतबार राति सम्पन्न मतगणनाअनुसार तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन्। यससँगै महत पराजित भएका छन्। अन्तिम मतपरिणामअनुसार तिमिल्सिनाले उल्लेखनीय मतान्तरसहित जित हासिल गरेका हुन्।




