कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कैलाली क्षेत्र नं. २ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल भारी मतान्तरसहित निर्वाचित भएका छन्।
खनालले १९ हजार ५७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापाले ७ हजार ८८६ मत प्राप्त गरेका छन्।
Visited 2 times, 1 visit(s) today


