बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित
काठमाडौं । बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । चौधरी ३२ हजार ७९२ मत ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याए ।
एमालेका सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत पाए । नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६ हजार ३३, राप्रपाका प्रदीपकुमार शाहले तीन हजार २२४ मत प्राप्त गरे ।




