रुकुम (पूर्व)बाट प्रचण्ड निर्वाचित
काठमाडौं । रुकुम (पूर्व)बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित भएका छन् ।
उनलाई विजयी भएकाे घोषणा गरिएको छ । उनले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
नेकपा एमालेका उमेदवार लिलामणि गौतमले तीन ४६२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका कुसुमदेवी थापाले तीन हजार ८१ र रास्वपाका लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् ।




