३८ अंकले बढ्यो नेप्से, ६ अर्बमाथिको कारोबार
काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
मंगलबार, नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५१ लाख ५४ हजार कित्ता सेयर ६ अर्ब २३ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
साल्पा विकास बैंकमा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।
त्यसैगरि, आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
रिडी पावरको २७ करोड ७४ लाख, एसवाई प्यानलको २४ करोड ६७ लाख, मन्जुश्री फाइनान्सको २२ करोड ६० लाख, ङादी ग्रुपको २० करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


