उग्र नवउदारताभित्रको शुन्यता
रमन शाही
हाम्रो देशकोे संरचना विशिष्ट किसिमको संरचना हो। जो हरेक क्षेत्रबाट हेर्दा नाङ्गो छ । यस्तो विशिष्ट किसिमको नाङ्गो संरचना भएको मुलुकमा, ( भौगोलिक नाङ्गो,धार्मीक नाङ्गो,जातीयताको नाङ्गो, भाषिक नाङ्गो,राष्ट्रियताकोे नाङ्गो :- “जो जहाँबाट पनि छिर्न सक्ने” ) कतिपय हामी नेपाली जीवनभर, विदेशीको गोटी भएको थाहै नपाएर आफनो जीवनकाल बिताइरहेका हुन्छौं/ छौ। त्यसको बलियो प्रणाम, हामी कोही नेपाली उग्र नवउदारता र उग्र स्वतन्त्रता संघर्सकोे नाममा एउटा विचारलाई प्रतिनिधित्व गरिरहेका छौं भने, हामी कोही नेपाली परम्परागत मुल्य मान्यता र सामाजिक परिवर्तनले समाजमा पारेको खलल विरुद्धकोे वचाब संघर्सकोे एउटा विचारलाई प्रतिनिधित्व गरिरहेका छौं।
बिपी कोइराला जो नेपाली राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण व्यक्तित्व हुन्। उनले जीवनभर परम्परागत शक्तिसँग लोकतन्त्रकोे लागि संघर्स गरेर आफनो जीवनकाल बिताए, आफ्नो राजनीतिक कालमा लोकतन्त्र कोे नाममा उनले थुप्रै राजनीतिक संघर्स हरु गरे त्यसका लागि विदेशी शक्ति भारतसंग प्रत्यक्ष अप्रत्यक्ष सहयाेग पनि लिए ,केहि राजनीतिक घटनाक्रमहरूलाई अध्यन गर्दा त उनले भारतको नागरिकता नै लिएको कुरा पनि प्रमाणित हुन जान्छ। जुन कुरा नेपाली कांग्रेसकै वरिष्ट नेता प्रदीप गिरीले पत्रकार टिकाराम यात्रीकोे टेलिभिजन कार्यक्रममा सविस्तार ब्याख्या पनि गरेका छन। बि पी वादमा, यस्ता अनेकौं रोचक र आश्चर्य तथ्यहरू झलकिदै गर्दा पनि उनको लोकतन्त्रप्रतिकोे लगाव र संघर्सकोे गाथा हेर्दा उनले लोकतन्त्रकोे भलोको लागी नै आफ्नो जीवनकाल समर्पित गरेको देखिन्छ। तर आफनो जीवनको उत्तरार्धमा उनले जुन परम्परागत शक्तिसँगकोे संघर्षकोे लागी आफ्नो जीवनकाल समर्पित गरेका थिए, त्यही शक्तिको महत्व र अपरिहार्यता दर्शाउने अभिव्यक्ति दिएर राजनीति र जीवन त्यागे, यसलाई यसरी पनि हेर्न र बुझ्न सकिन्छ कि उनले जीवनभर जुन शक्ति सँग संघर्ष गरे , त्यो शक्ति सँग संघर्षगर्न उनलाई अरूले नै सहजीकरण र वातावरण मिलाउने देखि लोकतन्त्रको नाममा आफ्नै देशकोे सार्वभौमिकता र सम्प्रुभुता कमजोर बनाउन प्रयोग गरीराखेको कुरा पत्तै पाएनन् । नत्र उनले जीवनभर संघर्ष गरेको विचारको बाटो त्यागेको आशययुक्त अभिव्यक्ति किन दिए ? बीपी जस्तो अब्बल राजनितिक व्यक्तित्व त हाम्रो जस्तो विशिष्ट किसिमको नाङ्गो संरचना भएको देशमा सहजै पत्तै नपाई विदेशी गोटी हुनसक्छन् भने आम नेपालीको अवस्था झन कस्तो होला ?
नेपालि राजनितिक इतिहासका बि पि कोइराला मात्र एक पात्र होईनन अर्का एक महत्वपूर्ण व्यक्ति जो कम्युनिष्ट आन्दोलनका नक्षत्र अनि नेपाली कम्युनिष्ट विचारधाराका अनुकरणीय व्यक्तित्व क. मदन भण्डारी जसले कम्युनिष्ट आन्दोलनकोे विचारधाराबाट नेपाली परम्परागत शक्तिसँग जोडदार संघर्षकोे माध्यमबाट नेपाली समाजलाई जागरुक बनाउँदै स्वतन्त्र र उग्र नवउदारवादि विचारधाराकोे प्रतिनिधीत्व गर्दै संघर्षरत रहे,यहि अवस्थामा उनले प्रतिनीधित्व गरेको उग्र नव उदारवाद र उग्रस्वतन्त्रताले राज्यकोे सार्वभौम र सम्प्रुभुता कमजोर भएको र विदेशीले गर्न खोजिरहेको नै यही हो भन्ने भान पाए लगत्तै परंपरागत शक्ति सँग मिलेर जानुपर्ने अभिव्यक्ति दिए, फलतः उनको अप्रत्यासित हत्या भयो। हत्यासँगै उग्र नव उदारवाद बाट उनमा जाग्रित भएको मिश्रित नव विचार पनि उनीसँगै विलीन भयो।
प्रभावत: बि पि र मदन भण्डारीले प्रतिनीधित्व गरेको राजनीतिक विचारधारा छुट्टा छुट्टै विचारधारा भएतापनि उनीहरूले प्रतिनीधित्व गरेको राजनीतिक विचारधाराले एक वयस्क रुप लिईसकेको थियो, यि दुवै व्यक्तिको विचार आधार भनेको वामपन्थी र दक्षिणपन्थी एक विदेशी राजनीतिक विचार आधार नै थियो/हो । यिनी दुवै हस्तिको राजनीतिक विचारधाराकोे उद्देश्य भनेकाे उग्र नव उदारता र उग्रस्वतंत्रतालाई आधार मान्दै परम्परागत शक्तिसंगकोे संघर्ष नै थियो। उनीहरु दुबैले आफनो जीवनभर आफनो विचारको लागि संघर्ष गर्दै गर्नेक्रममा जीवनको उत्तरार्धमा आफ्नो संघर्षले आफ्नै राज्यकोे सार्भभौमिकक्ता र सम्प्रुभुता कमजोर बनाएकोे महसुस हुँदै गर्दा पनि उनिहरू स्वंम आफैले खडा गरेको इन्स्टिच्युसन यति बलियो र उग्र भइसकेको थियो कि उनीहरूको अनुभवभित्र रहेको पश्यतापकोध्वनि,त्यो उग्र र बलियो भैइसकेको इन्स्टिच्युसनकोे ध्वनिभित्र छिर्न/चिर्न सकेन। यसै क्रममा यो बलियो उग्रवामपन्थी र उग्रदक्षिणपन्थी विदेशी वैचारिक भारी बोकेको इन्स्टिच्युसनले एकातिर ओली जस्तो महा उग्र व्यक्तित्त्वकोे उदय संगै एक अर्को महाउग्र शक्ति माओवादकोे उदय गरायो/ भयो/ गर्न लगाईयो ।
परम्परागत शक्तिकोे सार्भभौमिक र सम्प्रुभुतासँगकोे संघर्षकोे लागी महाउग्र विदेशी शक्ति माओवादीकोे उदय संगै यसमा हिस्ट/पुष्ट हस्तीहरु नेतृत्वमा ल्याईयाे । यो पटक विदेशी स्वार्थ समुहलाई निर्णायक गोटी निर्माण गर्नु थियो। फलस्वरूप परम्परागत शक्ति (राजसंस्था) ले नै छात्रवृत्ति दिएर PHD अध्यन गर्न पठाएका अब्बल अध्यन गर्न सक्ने बाबुराम भट्टराई, सरकारी तलब भत्ता खाइपाइ आएका प्रचण्ड , लगायत अन्य थुप्रै हस्तीहरु जो सामान्य आम नेपाली भन्दा राम्रै हसिएत हुनुका साथै उच्च शिक्षा अध्यन गर्न सक्ने राम्रै आर्थिक हैसियत भएका व्यक्तिहरुको धुमधाम सँग जन्म गराइयो/भयो/ जन्म गर्न लगाईयो र त्यो माहउग्र माओवाद विदेशी शक्तिले नेपालमा विषण युद्ध सुरु गर्यो , युद्ध कोे रूप र स्वरूप यति भएंकर थियो कि जसले १० वर्षको समयलाई व्यर्थ मात्र बनाएँन राज्यले अतुलनीय आर्थिक नोकसानी बेहोर्नु पर्यो, १७००० भन्दा बढिले ज्यान गुमाए , त्यो सँगै लाखौं परिवार बिस्थापित भयो, क्षति यतिमात्रमा सीमित भएन, त्यसले हामी आम नेपालीहरूमा सामाजिक असहिष्णुता, उग्रअराजकताकोे मानसिकतामा वृद्धि गर्यो, १० वर्षे महाउग्र माओ आन्दोलनले त्यसअघिका सोझा ,साधारण , इमान्दार नेपालीहरुलाई अराजक बनाउँदै बिपी र मदन भण्डारीकोे उग्र नव उदारता र उग्र स्वतन्त्रताकोे संघर्षले बाँकी राखेको,परम्परागत राज्य शक्तिलाई पूर्णरूपमा ध्वस्त बनायो ।
आजको विकसित राजनीतिक अवस्था,परम्परागत राज्यशक्ति ( राजसंस्था) ध्वस्त भएको करिव २ दशक बितिसकेको राजनितिक अवस्था हो। यो राजनितिक अवस्था आउनमा थुप्रै विदेशीवादलाई आधार मान्दै र त्यस्ता थुप्रै विदेशीवादले जन्माएका चम्किला हिमायतीकोे संघर्ष अनी राज्यकोे ठुलो क्षतिले ल्याइएको राजनितिक अवस्था हो भन्ने यथार्तलाई हामी नकार्न सक्दैनौं। अर्को यथार्तता यो पनि हो कि हामी नेपालीले नै विभिन्न वादकोे नाममा ठुल-ठुला राजनितीक संघर्ष गर्दै गर्दाको बावजूद पनि आज अन्धकार र थलिएको गरिब नेपाल नै हाम्रो पाेल्टामा छ। यध्यपी अब भने अस्तित्वकोे अन्तिम प्रयास र व्यक्तिगत प्रतिष्ठाको लागि भनेर संघर्षरत रहेका माओवाद हस्तीहरु स्वयम्ले महसुस गर्ने र व्यर्थै विकाशकोे नाममा पत्तै नपाई विदेशी गोटी भएको स्वीकार्ने समय आएको छ किनभने विदेशीको इशारामा परंपरागत शक्ति लाई परास्त गरेर नै विकसित हुनेभए अहिले सम्म यो देशले बिकाश कोे लय भने पक्कै लिईसक्नु पर्ने थियो। बरू त्यसको विपरीत देश झन कमजोर, अराजक, र दरिद्रतातिर अगाडि गयो।
विशिष्ट किसिमको नाङ्गो संरचना भएको देशका कारण पनि हाम्रा विदेशी स्वार्थ समुहहरू तुलनात्मक रुपमा बढि छन् यसको निरन्तरता स्वरूप यो देश पुर्ण रूपले अस्तित्वहीन र विलय नहुन्जेल यो देशकोे नागरिकहरु लाई यथावत् क्रमले विदेशी स्वार्थ समुहहरूले गोटी बनाउने क्रम भने जारी रहने छ । हिजोकोे बीपी, गिरिजा ,मदन आजको बाबुराम, प्रचन्ड, के पी र देउवा कोे उपयोगिता सकिँदै जाँदा, अब विदेशीले नयाँ भनाउँदा अन्तिम गोटिको रूप मा बालेन रवि र गगन जस्ता मान्छे हरु लाई परिचालित गरेको छ। यो देशको माैलिक परम्परागत राज्य शक्तिप्रतीकोे विचार,अभिब्यक्ति र देशको माैलिकता प्रतिको आशय बाट यो कुरा स्पष्ट हुन जान्छ कि, यिनीहरू नयाँ को नाममा खडा गरिएका आधुनिक गोटी भने पक्कै हुन। नयाँ देखिएका राजनीतिक अनुहार र उनीहरुका राजनैतिक अभ्यास , अदृश्य परिघटना र विदेशी संगको स्कुलिङ हेर्दा ,नेपाली जनता स्वयमले वाहेक अब कसैले पनि यो देशलाई बचाउन नसक्ने प्राय निश्चित जस्तो छ।
एउटा नेपाली हुनुको नाताले मात्रपनि याे देशलाई नराम्राे सोच्नै अनि गर्नै सक्दैन , यति हुँदाहुँदै पनि किन हामी नेपाली नै नेपालको लागि अभिषाप बनिइरहेका छौं? यसबाट पनि के स्पष्ट हुन्छ भने हामी नेपाली नै धेरै हद सम्म थाहै नपाई विदेशी स्वार्थ समुहकोे गोटी बनिरहेका छौं। र त आफ्नै मौलिक पहिचान र आफ्नै वास्तविकताकोे परिचय दिने स्वरूपको,आफ्नै परम्परागत शक्तिकोे हामी आफैले मेटाउनकालागी हामी आफै लागि परेका छौ। जो हाम्रो आफ्नोपनकोे वर्णन हो।जो हाम्रो आफ्नो परिभाषा हो। भाषा,संस्कृति रितिरिवाज भन्ने कुरा हाम्रो आफ्नै मौलिक सभ्यता हो जसलाई आस्थाको माध्यमबाट हामीले धर्म संग जोडेका हुन्छौं । यो अकाट्य छैन्,यसमा भएका नराम्रा कुराहरूलाई बौद्धिकता पुर्ण तरिकाले परिर्माजन गर्दै जानु पर्छ। न की यसलाइ उखोलेर फाल्ने हो। यि कुरा मनन गरेर समाज र सभ्यता परिर्माजन गर्दै जाँदा हाम्रो देश र हामी आफै विकशित हुदै जानेछौ।विकशित भनिएका देशहरुलाई हेर्दा उनिहरूले आफ्नै मौलिक भाषा, संस्कृति,सभ्यतालाई विकशित गर्दै आजको विकसित राष्ट्र बनाइएका हुन् न की अरूको नक्कल गरेर विकशित भएका हुन, विकाशको नाममा विदेशी स्वार्थसमुह कोे गोटि भएर आफ्नो मौलीक परंपरागत शक्ति लाई विनाश गरेर जाँदा न यता न उता भनेझै, नत हामी विदेशी हुन सक्छौं न त हामी पुर्ण रूपले स्वदेशी नै हुन् सक्छौं। सक्छौं त केवल गरिब र दरिद्र नेपाली हुन सक्छौं।
यसर्थ हामी विशिष्ट किसिमको संरचना भएकोे देशका कारण पनि हाम्रा त्यहि विशिष्ट संरचना भित्र रहेका हरेक कमी कमजोरीहरुलाई विदेशी स्वार्थ समुहहरूले परिवर्तनको नाममा हामिलाई नै प्रयोग गरेर हाम्रो आफ्नो पहिचान मास्दै , हामीलाई नै पछि पारिदै छ न कि हामी तल्लो क्षेणिकोे मानव भएका कारण, त्यसैले अब नेपाली समाजले स्पष्टरूपमा चिन्तन गर्नुपर्ने टट्कारो आवश्यकता पनि याे छ कि परिवर्तनकोे नाममा खडा गरिएका नयाँ र पुराना दलकोे नाममा विदेशी गोटी बनेर विदेशी राजनीतिक विचारधारा बोकेका राजनितिक दल भन्दा पनि राष्टबादि र मौलिक मुद्धा बोकेका राजनितिक दलनै हाम्रो आफ्नो वास्तविक देशको मुद्धा बोक्ने दल हो, भन्नेकुरा मनन् गर्दै हामिमा भएको हाम्रो आफ्नै माैलिक परिचय, हाम्रो आफ्नो परिभाषा र परम्परागत राज्यशक्ति लाई नै हाम्रो पहिचान बनाउँदै हामीसँग भएको विशिष्ट संरचनालाई नमासिकन परिर्माजन गर्दै बलियो बनाएर जाँदा मात्र नेपाल र नेपालीको सर्वोपक्ष विकास हुने देखिन्छ ।




