सामसङले गर्यो आगामी स्मार्टफोन लन्चका लागि विशेष प्रि-रिजर्भ अफरको घोषणा
काठमाडौं। विश्वविख्यात प्रविधि कम्पनी सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्च हुनुभन्दा अघि नै ग्राहकहरूका लागि आकर्षक प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ।
यस विशेष योजना अन्तर्गत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दा अधिकतम रु. २० हजार ९९९ सम्मको विशेष लाभ प्राप्त गर्न सक्नेछन्।
सामसङले आफ्ना प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सीमित अवधिको अफर ल्याएको हो। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन्।
प्रि–रिजर्भ गर्ने ग्राहकहरूले रु. १५ हजारसम्म बराबरको १ टीबी मेमोरी अपग्रेड र रु. ५ हजार ९९९ मूल्य बराबरको ६० वाटको फास्ट चार्जर निःशुल्क प्राप्त गर्नेछन्।
यो एक्सचेन्ज सुविधा विशेषगरी प्रिमियम स्मार्टफोन प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको छ। जसमा सामसङका ग्यालेक्सी एस २३, एस २४ र एस २५ सिरिजका साथै एप्पलका आईफोन १४, १५ र १६ सिरिज (iDevice 14, 15 & 16) का योग्य सेटहरू साट्न सकिने कम्पनीले जनाएको छ।
यो ‘ह्यान्ड रेजर’ अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्मका लागि मात्र मान्य हुनेछ। यस अवधिमा ग्राहकहरूले अनलाइन दर्ता गरी आफ्नो योग्य डिभाइस एक्सचेन्ज गरेर नयाँ एआई–पावर्ड स्मार्टफोन आकर्षक मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन्।
यस पहलका बारेमा सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले भने, “ह्यान्ड रेजर अफरमार्फत हामी आफ्ना निष्ठावान ग्राहकहरूलाई उचित प्रतिफल दिन चाहन्छौं। उहाँहरूले हाम्रो नवीनतम इनोभेसनमा अपग्रेड गर्ने तयारी गर्दा प्रारम्भिक पहुँच र थप मूल्य प्राप्त गर्न सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो। यो कार्यक्रम नेपालका उपभोक्ताहरूलाई स्मार्ट प्रविधि, अर्थपूर्ण लाभ तथा सहज अपग्रेड अनुभव प्रदान गर्ने सामसङको प्रतिबद्धताको प्रतिविम्ब पनि हो।”
कम्पनीका अनुसार यो योजनाले ग्राहकहरूलाई अर्थपूर्ण अपग्रेड र उत्कृष्ट मूल्य प्रदान गर्दै नवीनतम प्रविधिको अनुभव गर्ने पहिलो श्रेणीमा राख्नेछ। इच्छुक ग्राहकहरूले सामसङ क्याम्पेनको आधिकारिक वेबसाइट (samsungcampaigns.com) मा गई ‘Hand Raiser’ अफर छनोट गरेर आफ्नो विवरण बुझाई प्रि–रिजर्भ सुनिश्चित गर्न सक्नेछन्।
ह्याण्ड राइजरका लागि चरणहरू:
चरण १: https://samsungcampaigns.com मा जानुहोस् वा तलको क्युआ कोड स्क्यान गर्नुहोस्।
चरण २: ह्याण्ड राइजर अफर अन्तर्गत ‘रजिस्टर नाउ’ बटनमा क्लिक गर्नुहोस्।
चरण ३: आफ्नो मनपर्ने रिटेलर चयन गर्नुहोस्।
चरण ४: आफ्नो विवरणहरू भर्नुहोस्, जसमा तपाईंले किन्ने डिभाइस भेरियन्ट र एक्सचेन्ज गर्न चाहेको डिभाइस समावेश गर्नुहोस्, त्यसपछि सबमिटमा क्लिक गर्नुहोस्।
चरण ५: प्रि–कन्डिसनहरू निरीक्षण गर्नुहोस् र आफ्नो तत्कालीन डिभाइसको अवस्था पुष्टि गर्नुहोस्।
चरण ६: ह्याण्ड राइजर अफर लाइव भएपछि, पुनः अभियान वेबसाइटमा जानुहोस् र प्राप्त ओटीपी प्रविष्ट गर्नुहोस्।
चरण ७: प्रि–अर्डर फर्म पूरा गरी सबमिट गर्नुहोस्, त्यसपछि तपाईं अर्को ओटीपी प्राप्त गर्नुहुनेछ।
चरण ८: नयाँ ग्यालेक्सी स्मार्टफोन आइपुग्दा, चयन गरिएको रिटेलरमा ओटीपी सहित जानुहोस् र आफ्नो डिभाइस प्राप्त गर्नुहोस्।
साथै, सामसमको अधिकृत स्टोरहरूमा उपलब्ध, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसुङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै किन्न सक्नेछन्।
यसमा शुन्य प्रतिशत ब्याज, शुन्य प्रतिशत डाउन पेमेन्ट, र २४ महिनासम्मको किस्ता अवधि सहितका सजिला ईएमआई विकल्प उपलब्ध छन्। प्रक्रिया सरल छ र यसका लागि केवल तपाईंको नागरिकता प्रमाणपत्र आवश्यक पर्छ।




