५ देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं । विभिन्न ५ देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राजूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राष्ट्रपतिसमक्ष अस्ट्रेलिया, साउदी अरब, चीन, मालदिभ्स, तुर्किये गणतन्त्रका राजदूतले ओहोदाको पत्र बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।





