गोदरेजले सार्वजनिक गर्यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर
काठमाडौँ । विश्वसनीय घरेलु उपकरणहरूको लागि प्रतिष्ठित ब्रान्ड गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता, जलवायु र जीवनशैलीलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो उत्पादनले २३४ लिटरको क्षमतासँगै उन्नत स्वास्थ्य सुरक्षा र ऊर्जा दक्षता प्रदान गर्दछ।
यस गोदरेज आरटी जीएफई २५० मोडेलले नेपालमा हुने विद्युत् उतार–चढाव, खाना संरक्षणको चुनौती र स्वास्थ्य सुरक्षाको आवश्यकतालाई एकैसाथ सम्बोधन गरेको छ। यो रेफ्रिजरेटर मध्यम आकारका नेपाली परिवारहरूको हप्ताभरिको खाना आवश्यकतालाई पूरा गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।
यसले विद्युत् ग्रिडको अनियमित भोल्टेजबाट स्वचालित सुरक्षा प्रदान गर्दछ, जसले उपकरणको आयु लामो बनाउँदै मर्मतसम्भारको झन्झटबाट मुक्ति दिन्छ। साथै, खाना सामग्रीलाई हानिकारक जीवाणुबाट सुरक्षा गर्दछ, जसले परिवारको स्वास्थ्य कायम राख्छ।
यो गोदरेज डबल डोर रेफ्रिजरेटर स्वास्थ्यप्रति सचेत गृहिणीहरू, र विद्युतीय समस्याबाट सुरक्षित टिकाउ उपकरण खोज्ने सबै उपभोक्ताहरूको लागि उपयुक्त छ। गोदरेज डबल डोर रेफ्रिजरेटर नेपालभर उपलब्ध छ। नेपालमा गोदरेज उत्पादनहरूको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्स हो, जसले देशव्यापी वितरण नेटवर्क र गुणस्तर सेवा प्रदान गर्दछ। गोदरेज भारतको प्रतिष्ठित बहु–राष्ट्रिय समूह हो, जसले १२५ वर्षदेखि विभिन्न क्षेत्रहरूमा नवीनता र विश्वसनीयताका साथ सेवा प्रदान गर्दै आएको छ। घरेलु उपकरणहरूको क्षेत्रमा गोदरेजले टिकाउपन, ऊर्जा दक्षता र मूल्यको उत्तम समन्वयको रूपमा आफ्नो पहिचान कायम गरेको छ।




